हजारौं अमूल्य मत बदर

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेलधुरा । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डडेल्धुरामा ७ हजार मत बदर भएका छन ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार जिल्लामा प्रतिनिधि सभा सदश्य प्रत्यक्ष तर्फ ३१८७ अथवा ६ दशमलब २२ र प्रदेश सभा सदश्य प्रत्यक्ष तर्फ ७०५१ अथवा १० दशमलब ५८ प्रतिशत मत बदर भएको पाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ ५१ हजार २०३ मत खसेको थियो भने प्रदेश सभा सदश्य निर्वाचनमा प्रदेश कमा २५ हजार ३६१ र ख मा २५ हजार ९०३ मत खसेको थियो ।

एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको डडेल्धुरामा प्रतिनिधि तथा प्रदेश सभा तर्फ कुल जम्मा १० हजार २३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयाे ।

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरुको गुनासो छ भने उम्मेदवार र राजनीतिक दलहरुले गरेको चुनावी गठबन्धन तथा तालमेल मुख्य रुपमा दोषि रहेको मतदाताको भनाई छ ।

एउटै मतदाताले चार पटक गर्ने मतदानमा प्रतिनिधि सभा तर्फ ३१८७ र प्रदेशसभा तर्फ दुबै निर्वाचन क्षेत्रमा ७०५१ मत बदर हुनुमा निर्वाचन मतदाता शिक्षा प्रभावकारी नहुनु र राजनीतिक दलहरुले पनि मत माग्ने र मतदान गर्ने तरिकामा अपनाईको शैलीले उल्लेख्य संख्यामा मत बदर भएको प्रति सम्बन्धित निकाय सचेत हुनै पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?