धादिङ । प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उपाधि भगणेश स्थान युवा क्लव जीवाईसीले जितेको छ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माई मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा आयोजित प्रतियोगिताको उपाधि आयोजक भगणेश स्थान युवा क्लव (जीवाईसी) ले जितेको हो ।
कोच गणेश थपलिया र म्यानेजर शंकर पाण्डे रहेको युवा स्टार खेलाडीहरु विशाल खाँण, शन्तलाल गुरुङ, सुजन स्यानतान, मनोज पाण्डे, विपिन कडेल, सुरज गुरुङ, सुर्य लामा, अजित थापा मगर, दिपेन्द्र लामा, खिम गुरुङ र श्रीकृष्ण तामाङ सम्मिलित आयोजक (जीवाईसी) ले सुनपोखरी युनाईटेडलाई पराजित गर्दै उपाधि हात परेको हो ।
प्रथम गोल्ड कप हात पारे सँगै जीवाईसीले नगद १ लाख ३३ हजार ३ सय ३३ जित्न सफल भयो भने उपविजेता सुनपोखरीले नगद ६० हजार ६६६ रुपैयाँ हात पारेको छ । क्लवका अध्यक्ष मनोज कँडेलको अध्यक्षतामा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहमा नव निर्वाचित धादिङ २ का सांसद एवम् नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, पुर्व सभापति रमेश धमला, नेतृ देवी बुर्लाकोटी, त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख राजु उप्रेतीले, वडा अध्यक्ष हरि विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत ईन्द्र खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिता मंसिर ७ गते देखि त्रिपुरासुन्दरी ६ हाँसे पसल स्थित खेलमैदानमा भएको थियो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…