प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौंं । आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन् ।

४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन । तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन् ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता प्रधानमन्त्रीको आकांक्षीको रुपमा देखिएका छन् ।

प्रधानमन्त्री बन्न उद्देश्यसहित समर्थनका लागि प्रकाशमान सिंहले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएकाे थियाे । यसलगत्तै सोमबार बिहानै नेता रामचन्द्र पौडेल कोटेश्र्वर पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभयाे ।

प्रधानमन्त्री बन्नेगरी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री गगन थापाले सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएकाे छ । काठमाडौं ४ का मतदाताले यसपटक आफूलाई प्रधानमन्त्री बन्न मत दिएको बताउँदै थापाले संसदीय दलको नेता र प्रधानमन्त्री बन्न प्रतिस्पर्धामा उत्रिने बताइसक्नु भएकाे छ ।

तर, पार्टी दुई शीर्ष नेता पनि दलीय छलफलमा लागेका छन् । आइतबार एमाले अध्यक्ष ओलीलाई भेटर नेता सिंहलाई आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गर्नुभएकाे थियाे ।

सोमबार बिहान नेपाल निवास कोटेश्वर पुग्नुभएका नेता पौडेललाई अध्यक्ष नेपालले सकारात्मक जवाफ दिनुभएकाे छ । अध्यक्ष नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन आफू र आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षको भूमिका आवश्यक : न्यायाधीश ढुंगाना अभिनेत्री वर्षा सिवाकोटीले नाइमा २०२६ मा गरिन् एमजी एस६ बुकिङ मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना-‘सरकार ! ग्यास देऊ’ बागलुङमा पहिरोले दर्जन घरमा क्षति, ४० घर जोखिममा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनीयताको शपथ काठमाडौंमा शनिबार र आइतबार २४ घण्टा ग्यास बिक्री गरिने प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाउँदैछौँ : आईजीपी कार्की प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको… कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन सरकारसँग महासंघ अध्यक्ष श्रेष्ठको आग्रह