प्रदेश १ मा २४ सिटसहित एमाले पहिलो दल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेकाे मतपरिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले २४ मतसहित पहिलो पार्टी भएको छ । प्रदेश १ मा पाँच दलले मात्रै जित हासिल गर्न सकेका छन् ।

यसैगरी, सत्तारुढ नेपाली कांग्रेस भने १४ सिटसहित दोस्रो स्थानमा रहेको छ भने माओवादीले प्रदेश १ मा जम्मा ७ वटा सिटमा जित हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जम्मा २ सिटमा सीमित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २ सिट नै विजय हासिल गरेको छ ।

केही क्षेत्रको मतगणना अझै जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?