बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

Read Time = 2 mins

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा बस्ने ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेको भुम्लु गाउँपालिका-१ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्दप्रसाद पराजुली रहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले न्यौपानेलाई बालकुमारीबाट आइतबार र पराजुलीलाई भक्तपुरको चाँगुनारायणबाट सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उच्च अदालत पाटनको १४ मंसिर २०७८ को फैसलाले बैंकिङ कसुर मुद्दामा देवीकृष्ण न्यौपानेलाई नौ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय र सोही अदालतको १५ साउन २०७९ को फैसलाले मुकुन्दप्रसाद पराजुलीलाई १५ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर गरेको थियो ।

उनीहरूले पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि पक्राउ परेकामध्ये न्यौपानेलाई जिल्ला अदालत ललितपुर र मुकुन्दप्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?