प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबलको उपाधि जिवाइसीलाई

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

बाबुराम श्रेष्ठ/हिटा
धादिङ । प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उपाधि भगणेशस्थान युवा क्लब जिवाइसीले जितेको छ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माई मन्दिरमा लाग्ने न्वागी मेला अर्थात् सल्यानबेंसी जात्राका अवसरमा आयोजित प्रतियोगिताको उपाधि आयोजक भगणेश स्थान युवा क्लब (जिवाइसी) ले जितेको हो ।

कोच गणेश थपलिया र म्यानेजर शंकर पाण्डे रहेको युवा स्टार खेलाडीहरू विशाल खाँण, सन्तलाल गुरुङ, सुजन स्यानतान, मनोज पाण्डे, विपिन कँडेल, सुरज गुरुङ, सूर्य लामा, अजित थापा मगर, दिपेन्द्र लामा, खिम गुरुङ र श्रीकृष्ण तामाङ सम्मिलित आयोजक (जिवाइसी) ले सुनपोखरी युनाइटेडलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रथम गोल्डकप हात पारेसँगै जिवाइसीले नगद एक लाख ३३ हजार ३३३ जित्न सफल भयो भने उपविजेता सुनपोखरीले नगद ६० हजार ६६६ रुपैयाँ हात पारेको छ । क्लबका अध्यक्ष मनोज कँडेलको अध्यक्षतामा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहमा नवनिर्वाचित धादिङ-२ का सांसद एवं नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, पूर्वसभापति रमेश धमला, नेतृ देवी बुर्लाकोटी, त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख राजु उप्रेतीले, वडाध्यक्ष हरि विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत इन्द्र खतिवडालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता मंसिर ७ गतेदेखि त्रिपुरासुन्दरी ६ हाँसे पसलस्थित खेलमैदानमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?