क्रोएसियाद्वारा क्यानडा पराजित

Read Time = 2 mins

दोहा । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्रोएसियाले क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रज क्रमारिचले दुई गोल गर्नुभयो भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक/एक गोल थप्नुभयो ।

यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काउनुभयो । खेलमा सुरुवाती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाउनुभएको थियो तर खेलको ३६आँै मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याउनुभयो ।

यसपछि खेलको ४४औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाउनुभयो । खेलको ७०औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३-१ को अग्रता दिलाउनुभयो ।

यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाउनुभयो । यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अंक जोडेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?