मौद्रिक नीति समीक्षापछि घट्यो सेयर बजार

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार दोहोरो अंकले नै घटेको छ । यस दिन नेप्से १५.६१ अंकले घटेर १९५०.३७ अंकमा झरेको छ भने ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.६५ अंकले घटेर ३८२.६१ अंकमा झरेको छ । दुई सय १४ कम्पनीका ६५ लाख २७ हजार चार सय १४ कित्ता सेयर एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ रुपैयाँमा कारोबार भएका छन् ।

कारोबार भएका १३ समूहगत सूचकमध्ये म्युचुअल फण्ड र व्यापारबाहेक सबै घटेका छन् । फाइनान्स सूचक सबैभन्दा धेरै १.५१ प्रतिशत, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधनमूलक र अन्यको सूचक पनि एक प्रतिशतभन्दा बढीले घटेको छ ।

हिमालयन डिष्टिलरी सर्वाधिक १६ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने नबिल बैंक ७.२४ करोड, शिवम् सिमेन्ट ६.१४ करोड, एरभेष्ट बैंक ५.९८ करोड र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ५.८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशतले बढेको छ भने गरिमा डिबेञ्चर २०८५ को ६.११ प्रतिशत, नेपाल ल्युब आयल ६.०९, सिटिजन्स म्युचुअल फण्डको इकाई ३.८८ र लक्ष्मी उन्नति कोषको इकाईमूल्य ३.१६ प्रतिशतले बढेको छ ।

सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य सबैभन्दा धेरै ४.५६ प्रतिशत, ओरियन्टल होटल ४.३१ प्रतिशत, जानकी फाइनान्स ३.९६, एसबिआई डिबेन्चर २०८३ को ३.९६ र सिद्धार्थ लगानी वृद्धि योजना–२ को इकाईमूल्य ३.९१ प्रतिशतले घटेको छ । लगानीकर्ताको अपेक्षाअनुसार सेयर बजारमैत्री मौद्रिक नीति समीक्षा नआएका कारण सेयर बजार प्रभावित हुन पुगेको बताइएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?