इ-सिम वितरण कार्य जारी

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र मागलाई ध्यानमा राखी मुलुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयबाट इ-सिम वितरण गरिरहेको छ । इ-सिम कम्पनीले २०७९ भदौ ३१ गतेदेखि काठमाडौं को सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो । हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेड ग्राहकले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क इ-सिम उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

मोबाइल सेटमा इ-सिम इन्स्टल गर्न क्युआर कोडमार्फत् स्क्यान गर्नुपर्छ । क्युआर सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा इ-सिम चल्ने-नचल्ने यकिन गरेरमात्र इ-सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान कम्पनीले आग्रह गरेको छ । फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकले निःशुल्करूपमा इ-सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ-सिम उपलब्ध गराइने कम्पनीले जनाएको छ । इ/सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

जसबाट फोन गर्ने र डाटा चलाउनेलगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूर्ण कार्य गर्न सकिन्छ । मोबाइल सेटबाहेक इ-सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?