देशभर मौसम सामान्यतया सफा रहने, पहाडी भू-भागमा भने आंशिक बदली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) एकदुई स्थानमाबाहेक देशभर मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका केही पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, रातिको समयमा प्रदेश नं १ का पहाडी भू-भागमा मात्रै आंशिक बदलीको सम्भावना देखिएको छ भने देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा नै रहनेछ।

तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?