विश्वकपमा आज चार खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत आज (मंगलबार) चार खेलहरू हुँदैछन् ।

आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई-दुई खेलहरू हुनेछन् । आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् ।

इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । आजको खेलमा सेनेगलले जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । यता इक्वेडरलाई बराबरी भए पनि अघिल्लो चरण प्रवेश गर्न पुग्नेछ ।

सोही समयमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र कतारले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा नेदरल्यान्ड्स जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण पुग्ने योजनामा छ ।

यता कतार भने जितबाट प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ । प्रतियोगिताअन्तर्गत आज हुने अन्तिम दुई खेलहरूमा इरानले अमेरिकासँग खेल्दैछ ।

अमेरिकालाई जित निकाल्दै पर्ने दबाब छ । यता इरान पनि जित निकाल्दै अघिल्लो चरणका लागि आफूलाई बलियो बनाउने योजनामा छ ।

सोही समयमा हुने अर्को खेलमा इङ्ल्यान्डले वेल्ससँग खेल्नेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छन् ।

इङ्ल्यान्डलाई बराबरीको नतिजाले पुग्नेछ भने वेल्सलाई भने जित नै आवश्यक छ । जित निकाले पनि अर्को टिमको खेलको नतिजा पर्खनु पर्ने हुनेछ ।

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?