सुनसरी-३ मा १० हजार मत गन्न बाँकी, चौधरीलाई साढे ५ हजारको अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरी जित नजिक पुग्नुभएको छ । उहाँले नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५ बढी मत ल्याउनुभएको छ ।

चौधरीले ३६ हजार १३६ मत पाउनुभएको द्ध भने उहाँको निकटतम प्रतिस्पर्धी गच्छदारले ३० हजार ६०१ मत पाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलवावु मैनालीले भने ६ हजार २६९ मत ल्याए । अब १० हजार ६२४ मत गणना गर्न बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?