नेपाली सेनामा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने माओवादी नगर ईन्चार्ज प्रहरीको फन्दामा

हिमालय टाइम्स
Read Time = 2 mins

-नृपेन्द्रबहादुर मल्ल

मुगु । नेपाली सेनाले खोलेको विज्ञापनमा जागिर लगाई दिन्छु भन्दै युवाहरुबाट रकम असुल गर्ने माओवादीका जिल्ला नेतासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाको रिक्त सैन्य पदमा आव्हान गरिएको विज्ञापनमा उम्मेदवारी दिई भर्ना छनोटमा रहेका दुई जना उम्मेदवारहरुलाई झुक्याउँदै लोभ, लालच, डर, त्रास र धम्कीसमेत दिई ठगी गर्ने मनसायले सैन्य पदका उम्मेदवारसंग आर्थिक लाभ लिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुगुका प्र.नि सुदर्शन पन्थीको कमाण्डमा खटिएको प्र्रहरी टोलीले सोमबार ठगी आरोपीलाई पक्राउ गरेको हो ।

सैन्य पदको उक्त विज्ञापन गत बैशाखमा प्रकाशित गरिएको थियो । सोहि विज्ञापनका सैन्य पदहरूमा नाम निकाली दिने भन्दै ठगहरूले पीडितहरुलाई भ्रममा पारेर ठगी गरेका थिए ।

ठगी धन्दामा पक्राउ पर्नेहरूमा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकोट स्थायी घर ४० बर्षीय विकास भनिने सुरबहादुर बुढा र जुम्ला जिल्ला तातोपानी गाँउपालिका वडा नं २ जर्मी गाँउ स्थायी ठेगाना भएका वर्ष ३९ का तेजेन्द्र रावत भएको जिल्ला प्रहरी कार्यालय मुगुले प्रेस नोटमार्फत जानकारी दिएको छ ।

प्रतिवादीहरू उपर ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सवन्धी कसुरमा मुगु जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुशन्धान भैरहेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिवादी बुढा नेकपा माओवादी केन्द्र छायाँनाथ रारा नगरपालिका मुगु नगर कमिटीका नगर ईन्चार्ज हुन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?