अवैध लागूऔषधसहित चारजना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ । उनीहरु कञ्चनपुर, कैलाली र झापाबाट पक्राउ परेका हुन् ।

कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुल र कैलाली गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय कर्ण बिकसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुप्रप ०१ ००१ ह २८१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९१ मिलिग्रामसहित उक्त पदार्थ फेला पारी अटोका चालक बिकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, भारत घर भएका २२ वर्षीय रजिया आलमलाई पनि प्रहरीले सोमबार राति पक्राउ गरेको छ । झापा, मेचीनगर नगरपालिका-१० धुलाबारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित आलमलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?