बेसहारा दाजुभाइलाई सांसद किरातीले मिलाए पढ्ने व्यवस्था

Read Time = 2 mins
A A- A+

-निरोज कोइराला
भोजपुर । बेसहारा बनेका दाजु भाईलाई भोजपुरबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सुदन किरातीले पढने ब्यवस्थान मिलाउनु भएको छ ।

निर्वाचन पश्चात हुने विजय उत्सव र सभाको खर्च कटाएर असहाय दुई दाजुभाइको घरमा जस्तापाता लगाई दिएका सांसद सुदन किरातीले उनीहरुको पढाईका लागि समेत सहयोग जुटाउने बताउनु भएको थियो ।

बेसहरा बनेका जिल्लाको उत्तर षडानन्द नगरपालिका वडा नम्वर–१० छाप्ले गाउँका १५ बर्षिय सुजित राई र १३ बर्षका भाइ सुदिप राईको पढाईका लागि सांसद किरातीले सहयोगको ब्यवस्था मिलाएका हुन् ।

सानैमा आमा बेपत्ता र बुवाको समेत क्यान्सरले कारण मृत्यु भएपछि अनाथ बनेका उनीहरुलाई भुतपुर्व गोर्खाज तथा समाजसेवी ज्ञानराज राईले पढाई खर्चको जिम्मा लिने घोषणा गर्नुभएको थियो । भूपू गोर्खा सैनिक आन्दोलनरत ‘सत्याग्रह’ संयोजक समेत रहनुभएका राईले कृषि विज्ञ डा.मदन राईले खोटाङमा सञ्चालन गरेको शुभम फाउण्डेशनमा उनीहरुलाई पढाई दिने प्रतिवद्धता गर्नुभएको हो ।

सांसद किरातीले असहाय दाजु भाइको फुसको छानो हटाउन जस्ता पाता तथा अन्य खाद्यान्न सामग्री हस्तान्तरण गर्दै उनीहरुको पढाईका लागि सहयोग गर्न सरोकारवालालाई अपिल समेत गर्नुभएको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?