जुम्लामा बदर मत नौ हजार भन्दा बढी

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा जुम्लामा ९ हजार ६४४ मत बदर भएको छ । सो मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ४७८, प्रदेशसभा सदस्य (क) तर्फ १ हजार ८२, प्रदेशसभा (ख) ६९८ र प्रदेशसभा समानुपातिकतर्फ २ हजार ९३७, प्रतिनिधिसभा समानुपातिकतर्फ २ हजार ४४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

जिल्लाको कुल मतदाता संख्या ६८ हजार ६३८ मतमध्ये प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा ४५ हजार २८४ मत खसेको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रदेशसभा क्षेत्र नं. १ (क) मा २४ हजार ६६५ र प्रदेशसभा २ (ख) मा २० हजार ६०७, र प्रदेशसभा समानुपातिकतर्फ ४५ हजार ७१३, प्रतिनिधिसभा समानुपातिकतर्फ ४५ हजार ६१० मत खसेको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो । मतदाता शिक्षाको अभावले जिल्लामा बदर मत बढेको यहाँका सरोकारवालाहरु बताउँछन् । मतदाता शिक्षा दिने नाममा निर्वाचन आयोगले निर्णय मात्रै गरेको तर कार्यान्वयनमा ध्यान नदिएकाले धेरै मत बदर भएको स्थानीयवासि बताउँछन् । गाउँमा मतदाता शिक्षा पुगेकै छैन ।

निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारीले नबुझाइदिँदा पनि बदरको दर धेरै रहेको तिला गाउँपालिका – १ का स्थानीयवासि उपराज रावतले बताउनुभयो । मतदाता शिक्षा गाउँमा नपुगेको साथै मतदान केन्द्रमा खटिने कर्मचारीले समेत राम्रोसँग बुझाउन सकेनन् । मतदातालाई स्वस्तिक छाप लगाउने मात्र थाहा भएकाले समस्या भएको हिमा गाउँपालिका स्थानीयवासि रमा रोकायाले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाले बदर मत संख्या न्यून गर्न यहाँका आठवटै स्थानीय तहमा नमुना मतदान गरी मतदाता शिक्षा अभियान चलाएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । धेरैजसो मतदाता साक्षर नरहेकाले घरदैलो गर्दा दलका नेता–कार्यकर्ताले पनि मतदाता शिक्षा दिन जरुरी रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?