अनुगमन आएपछि राजविराजका औषधि व्यवसायीहरुको चल्यो भागाभाग

Read Time = 2 mins

-अनिल पोखरेल

राजविराज । औषधि व्यवस्था विभागले अनुगमन सुरु गरेसँगै राजविराजका अधिकांश औषधि व्यवसायीहरूको भागाभाग भएको छ ।
मंगलबार विभागको विराटनगर शाखा कार्यलयबाट खटिएको टोलीले राजविराजका औषधि पसलमा छड्के अनुगमन गर्न आएका वेला अधिकांश पसलहरू बन्द थिए ।

विराटनगर शाखाका फार्मेसी अधिकृत टेकेन्द्र मिश्रका अनुसार प्रभावकारी अनुगमन गर्न नसकिएको बताउनु भयो। ‘दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औषधीहरू, नेपालमा दर्ता नभइ राखिएका औषधीहरू, टेम्परेचर नमिलाइ राखिएका भ्याक्सिनहरू, औषधिको गुणस्तर जाँचका लागि हामी अनुगमन गर्न आएका थियौं’ उहाँले भन्नुभो, ‘भारदह र हनुमाननगर गरी दुई वटा पसलमा अनुगमन गरेका थियौं, त्यसपछि यहाँ आइपुग्दा अधिकांश पसलहरू बन्द रहेको पाइयो, यो हाम्रो लागि चुनौती पनि हो र उद्देश्य पनि पूरा भएन ।’

अनुगमन गरिएका पसलहरूमा पनि औषधि पसलमा राखेर बिक्री गर्न नहुने खालका केही सामग्रीहरू जफत गरिएको उहाँले बताउनु भयो । ‘अन्य चैं लागू औषधका रेकर्डरहरू नमिलाइ राखिएको, कत्तैकत्तै रेकर्ड नै नराखिएको जस्ता कुरा देखियो ।’,
यसअघि टोलीले सोमवार बोदे बरसाइन र कल्याणपुरका औषधि पसलमा अनुगमन गरेका थिए । बोदे बरसाइनमा दुई वटा औषधि सिल गरिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?