ओलीलाई बालेनको कटाक्ष : सुकुम्बासी तपाईंका भोट बैंकमात्रै भए

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिप्रश्न गर्नुभएको छ । उहाँले सुकुम्बासीले भोगेका ३२ वटा जाडो किन नदेखेको भन्दै ओलीलाई प्रतिप्रश्न गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गर्नु भएको हो ।

बालेनले आफ्नो सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको धारणा थाहा पाएको जनाउनु भएको छ । ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश,’ उहाँले लेख्नुभएको छ ।

उहाँले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गर्नुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?