रुकुम पश्चिममा एक महिला मृत फेला

प्रतिकात्मक तस्बिर

Read Time = 1 min
A A- A+

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका १ बस्ने ५० वर्षीया दुर्पता रावत मृत फेला परेकी छन् ।

प्रहरीले उनी रुकुम पश्चिम चौरजहारी नगरपालिका ३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला पारेकाे हाे ।

सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?