रेडिअन्ट र एनसिसिएसलाई ओएसिस कप

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रेडिअन्ट पब्लिक र एनसिसिएसले दोस्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । रेडिअन्ट सिनियर ब्वाइज तथा एनसिसिएस सिनियर गल्र्समा च्याम्पियन बने ।

ढोलाहिटीस्थित आयोजक ओएसिस इङ्लिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले एरिस एकेडेमीलाई १२-७ ले पराजित गर्‍यो । रेडिअन्टको जितमा सुवास गौतमले सर्वाधिक सात अंकको योगदान गर्नुभयो । सागर लामिछानेले तीन तथा रोहित चौधरीले दुई स्कोर गर्नुभयो । सिनियर गल्र्सको उपाधि भिडन्तमा श्रेया गुरुङको सात अंकको सहयोगमा एनसिसिएसले राराहिललाई १०-५ ले हरायो ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुवास र श्रेया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा आशिष थापा मगर र सिनियर गल्र्समा आयुशा महर्जन सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्षस्थानमा रहनुभयो । प्रतियोगिता अवधिभर आशिषले ५१ तथा आयुशाले ३२ अंक जोड्नुभयो । सिनियर ब्वाइजमा नेक्सस इन्टरनेसनल एकेडेमी तथा सिनियर गल्र्समा रातो बंगला अनुशासित टिम ठहरिए ।

विजेतालाई ओएसिसकी संस्थापक निर्देशक जानुका लिम्बू, राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा सात टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?