भ्याली पब्लिक र स्किब्सको जित

Read Time = 2 mins

काठमाडौं । आयोजक भ्याली पब्लिक ‘ए’ र स्किब्सले १५औँ माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन् । भ्याली पब्लिक ‘ए’ ले जुगल एकेडेमीलाई ५३-२२ ले पराजित गर्‍यो । भ्याली पब्लिक ‘ए’ का अनमोल गुरुङ र मन्जिल गुरुङले समान ११-११ स्कोर गर्नुभयो । स्किब्सले रेडिअन्टलाई ३६-२६ ले हरायो । स्किब्सका अशोक वाइबाले ११ अंक जोड्नुभयो ।

सिनियर ब्वाइजमै काठमाडौं भ्यालीले भ्याली पब्लिक ‘बी’ लाई २३-१७ तथा एलआरआईले मनास्लुलाई ४०-३५ ले पाखा लगाए । काठमाडौं भ्यालीका राज सञ्जेलले ७ अंक बटुल्नुभयो ।

जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) ले हृवाइटफिल्डलाई २४-१४, हिमरश्मीले संस्कृतिलाई २२-१७ तथा ग्रिनफिल्डले ग्रिनल्याण्डलाई २९-२४ ले पन्छाए । हिमरश्मीका आयुश पोखरेलले १३ तथा ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ स्कोर गर्नुभयो ।
सिनियर गल्र्समा विस्डमविरुद्धको खेलमा निस्ट १३-७ ले विजयी भयो । निस्टकी समीक्षा मोक्तानले ६ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?