पाकिस्तानको १७औं सेना प्रमुखमा असिम मुनिर

Read Time = 1 min
A A- A+

कराँची । लेफ्टिनेन्ट जनरल असिम मुनिरले पाकिस्तानको १७औं सेना प्रमुखको रुपमा कमाण्ड सम्हाल्नु भएको छ । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाइसँगै उहाँले मंगलबारदेखि कमाण्ड सम्हाल्नुभएको हो ।

देशको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा आफ्नो ६ वर्षको कार्यकालको अन्त्य गर्दै जनरल बाजवाले रावलपिण्डीमा आयोजित एक समारोहमा लेफ्टिनेन्ट जनरल मुनिरलाई कमाण्डको प्रतीकका रूपमा रहेको डण्डा हस्तान्तरण गर्नुभएको थियो । एजेन्सी ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?