विश्वकै ठूलो सक्रिय ज्वालामुखी करिब ४० वर्षपछि विष्फोट

Read Time = 2 mins

न्यूओर्क । विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी करिब ४० वर्षमा पहिलोपटक विष्फोट भएको छ । सन् १९८४ पछि पहिलो पटक विष्फोट भएको हो । अमेरिकाको हवाईस्थित मौना लोया ज्वालामुखी विष्फोट भएको हो । ज्वालामुखीबाट निस्किएको लाभा वरपर नै बसेको छ । स्थानीय अधिकारीले ज्वालामुखीबाट निस्किएको खरानीबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराएका छन् ।

अमेरिकी भूगर्भ सेवा (युएसजिएस) ले अवस्था तीव्र गतिमा परिवर्तन हुनसक्ने बताएको छ । हवाईको भोल्कानोइस राष्ट्रिय निकुञ्जमा रहेको मौना लोया ज्वालामुखी स्थानीय समयानुसार सोमबार राति साढे ११ बजे विष्फोट भएको थियो । ज्वालामुखी विष्फोट हुँदा वरपरका क्षेत्रमा दर्जनौंपटक दुई दशमलव पाँच रेक्टर स्केलभन्दा शक्तिशाली कम्पन भएको थियो ।

मौना लोआ ती पाँचवटा ज्वालामुखीमध्ये एक हो जुन मिलेर हवाईको बिग टापु बनेको छ । यो हवाई द्वीपसमूहको सबैभन्दा दक्षिणी टापु हो । समुद्री सतहबाट चार हजार १६९ मिटर उचाइमा रहेको मौना लोआ सन् १९५० मा विष्फोट हुदाँ, लाभा तीन घण्टाभित्र २४ किलोमिटर टाढा समुद्रमा पुगेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?