काठमाडौं । साहित्यकार कृष्ण जेशीको निधन भएको छ । ८३ वर्षीय जोशीको काठमाडौंको बागबजार स्थिति मोडल अस्पताल सोमबार राति निधन भएको हो । उहाँ उपन्यास, कविता र गीत लेखनमा प्रतिष्ठित हुनुहुन्छ । प्रशासनिक विषयमा समेत जोशीले पुस्तक लेख्नुभएको छ ।
भोजपुरमा जन्मिनुभएका कवि जोशीका ‘मृत्यु दोहोरिन्छ, म बाँचे भने’ उपन्यास, ‘विसंगत स्वरहरू’, ‘पोखरीभित्रको शताब्दी’, ‘आगो समुद्र : पानी समुद्र’, ‘चित्रदंश’, ‘ज्यामी पत्नीको घोषणा’लगायत कविता संग्रह र ‘असम्मत सम्मत’, ‘काठमाडौं वरिपरि’ उपन्यास प्रकाशित छन् ।
वासु शशी साहित्य प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहनुभएका जोशी व्यथित काव्य पुरस्कार, भानुभक्त पुरस्कार, भोजपुरे सेवा समाज साहित्य सम्मानलगायतबाट सम्मानित हुनुहुन्छ । उहाँको मंगलबार पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । उहाँका चार छोरा र एक श्रीमती हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच