करिश्मासँग कसियो सलोनको लगनगाँठो

Read Time = 1 min

काठमाडौं । अभिनेता सलोन बस्नेत प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिनु भएको छ । सोमबार चन्द्रागिरि रिसार्टमा परिवार, आफन्त र कलाकर्मीहरूको उपस्थितिमा उहाँहरूले लगनगाँठो कस्नुभएको हो । महिला समूहको नौमती बाजासहित जन्ती लिएर सलोन रिसोर्ट पुग्नुभएको थियो ।

करिश्मा पेशाले एयर होस्टेस् हुनुहुन्छ । सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । उहाँहरूले ‘यति माया गर्दा पनि’ बोलको एक गीतको भिडियोमा अभिनयसमेत गर्नुभएको छ । अभिनेता सलोनले होस्टेल, गाजलुलगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।

भुवन केसी, अनमोल केसी, पूजा शर्मा, वर्षा राउत, सन्जोग कोइराला, शलिनमान बानियाँलगायत कलाकारहरू सलोन र करिश्मालाई बधाई तथा आशीर्वाद दिन चन्द्रागिरि पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?