आयकर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी पुस्तक सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आयकर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न गतिविधि समेटेर तयार गरेको सचेतनामूलक पुस्तक सार्वजनिक गरेको छ । महासंघको केन्द्रीय कार्यालय नक्सालमा मंगलबार आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले पुस्तक सार्वजनिक गर्दै यस किसिमको पुस्तक पहिलोपटक सार्वजनिक भएको भन्दै पुस्तकले आमसुनचाँदी व्यवसायीलाई फाइदा पुग्ने बताउनुभयो ।

कर र राजस्वका बिषयमा यसअघि व्यवसायीलाई धेरै अन्योलता भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्ता समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा कर राजस्व सम्बन्धमा सुनचाँदी व्यवसायीलाई आवश्यक पर्ने विषयवस्तु समेटिएका छन् । महासंघको राजस्व तथा सम्पत्ति शुद्धीकरण परामर्श समितिका संयोजक मोहनकाजी शाक्यको अग्रसरतामा पुस्तक तयार गरिएको हो । संयोजक शाक्यले व्यवसायीलाई कर र राजस्वमा परेको असर केही हदसम्म भए पनि समाधान गर्न सहयोग पुग्ने उद्देश्यले पुस्तक तयार गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?