काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जाको पिपिए (विद्युत् खरिद सम्झौता) का लागि प्रस्ताव आहृवान गरेको छ । प्राधिकरणले अध्ययन भइरहेका र पहिचान भइसकेका सौर्य आयोजनाको पिपिए प्रक्रिया अघि बढाउन प्रस्ताव आहृवान गरेको हो ।
प्राधिकरणले प्रतियुनिट अधिकतम पाँच रुपैयाँ ९४ पैसा पिपिए दर तोकेर एक सय मेगावाटका लागि प्रस्ताव आहृवान गरेको छ । हाल पिपिए दर प्रतियुनिट सात रुपैयाँ ३० पैसा रहेको छ ।
हाल विद्युत् विकास विभागबाट अध्ययन अनुमति लिएका वा नयाँ पहिचान भएका सबै आयोजनाले प्रस्ताव गर्न सक्ने प्राधिकरणले जनाएको छ । आयोजनाको काम पिपिए भएको १८ महिनाभित्र पूरा गर्नुपर्नेछ । २०७९ फागुन १४ गते अर्थात् ९० दिनभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।
हाल विभागमा १५२१.१५ मेगावाटका सौर्य आयोजना निर्माण प्रक्रियामा रहेका छन् भने हालसम्म ३९ मेगावाटको सौर्य आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच