लक्ष्मी क्यापिटल र सन फार्मरबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा लक्ष्मी क्यापिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरतर्फबाट प्रमुख सञ्चालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले मर्चेन्ट बैंकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकाले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पुर्‍याइरहेको सनफार्मरसँग सहकार्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकामा सञ्चालित कम्पनी सनफार्मरले सन् २०१४ देखि नेपालमा चार सयभन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । कम्पनीले सौर्य ऊर्जासँगै स्वास्थ्य, शिक्षा र कृषिसमेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार सात सय ८२ युनिट स्वच्छ विद्युत् उत्पादन गरिसकेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?