मेगा र इन्भेष्टमेन्ट बैंक गाभ्न अन्तिम सम्झौता

Read Time = 2 mins

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गाभिने भएका छन् । मंगलबार गाभिनेसम्बन्धी अन्तिम सम्झौता भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एक आपसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म गाभिन समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिदिएको समयभित्रै गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्य मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिनुभयो । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जर सम्झौता भएको थियो ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैंकको १६.१२ अर्ब रहेको छ । दुवै बैंक गाभिएपछि चुक्ता पुँजी ३४.४३ अर्ब हुनेछ । मर्जरपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ भने नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?