तत्कालीन इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियरसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानको शारदा नगरपालिका-१५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष ०७७/७८ मा सडक निर्माण कार्यमा लागत अनुमान विपरित कार्य गरेको हुँदा पूर्वाधार विकास कार्यालय तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुनसहित ६ जनाले सडक निर्माण स्थलमा नगरेको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी झुट्टा स्वीकार गरेका छन् ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अन्तिम विल भुक्तानी गरी निजहरू विनोद पुन, प्रकाश शाही र कुमार बोहराले भ्रष्टाचार निवारण ऐन अनुसार लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन स्वीकृत गरे । विनोद पुन, प्रकाश शाही र कुमार बोहरालाई सात लाख १४ हजार ४१ रुपैयाँ नौ पैसा बिगो कायम गरी भ्रष्टाचार ऐन, बमोजिम कैद र विगो बमोजिम जरिवानाको मागदावी लिइएको छ ।

सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा सहितले वास्तविक रुपमा भएको कार्यभन्दा बढी नगरेको सम्झौता विपरित भुक्तानी माग गरी भुक्तानीसमेत लिई निजहरू कुलबहादुर वुढा, नन्दकुमारी कवर र मानदेव कवरलाई भ्रष्टाचार ऐन बमोजिम सात लाख १४ हजार ४१ रुपैयाँ नौ पैसा मात्र जरिवाना लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?