कतार विश्वकप : आज चार खेल हुँदै, अर्जेन्टिनालाई जित्नैपर्ने दवाब

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बुधबार) बिभिन्न चार खेलहरू हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई-दुई खेलहरू हुँदैछन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

यस खेलहरू पछि समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुंगो लाग्नेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ ।

दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरूबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुंगो लाग्नेछ ।

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?