समानुपातिकतर्फ एमालेलाई झण्डै २७ लाख मत, कांग्रेसलाई कति ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । समानुपातिकतर्फको बुधबार बिहानसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायम छ ।

समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले ३ लाख ८८ हजार ४८२ मत, जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत पाएका छन् । यी दलले ३ प्रतिशत ‘थ्रेस होल्ड’ कटाएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३४८ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ मत, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४७ हजार ९२४ मत पाएको छ भने नेपाल मजदुर किसान पार्टीले ७३ हजार ५९३ मत ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?