मेरो अतीत मेरो अनुभव : बाल्यकालको गाउँ

Read Time = 15 mins

✍️ रमेशप्रसाद गौतम

गत ५ गतेको अंकबाट क्रमशः
सामान्यता काका भनेपछि भतिजा वा भतिजीहरूले आदर गर्नुपर्ने हाम्रो सामाजिक बन्धन अझै छ । त्यस उसले गर्दा सानै उमेर भए तापनि उमेरले ठूला भाइ भतिजा भतिजीहरूको आदरार्थीमा पर्दथेँ । यसले गर्दा कतिपय बेला मैले बोलेका कुरा कमैले काट्थे । शायद यस व्यवहारले ममा यदाकदा अहमता पैदा गर्दो हो जस्तो लाग्दछ । तथापि संयमता भने सानैदेखि ममा थियो । आमा सानैदेखि तत्वबोध भगवती स्तोत्र, रामायन, भागवत पढ्ने र त्यसका कुरा सरल भाषामा बताउने गर्नुहुन्थ्यो । पिताजी पनि दिनमा दुईपटक भागवत पाठ गर्नुहुन्थ्यो । बिहान उठ्नासाथ मलाई एउटा न एउटा संस्कृतमा स्लोक सुनाउनु हुन्थ्यो ।

त्यसलाई नेपालीमा रूपान्तरण गरिदिनु हुन्थ्यो । त्यसैमा सामान्य नीतिका स्लोकहरू पढेर सुनाउने गर्नुहुन्थ्यो । यावत यी अध्यामिक अभिव्यक्तिले मेरो मानसिकता सकरात्मक प्रभाव पार्दै आएको अनुभूति गर्दछ । तीन-चार वर्षको उमेरदेखि नै पूजा गर्ने आफैँले दुट्टै देवता तयार पारेर आरती र पूजा आजा गर्ने क्रममा आमाले निक्कै उत्प्रेरणा जगाउनु हुन्थ्यो । यी कृयाकलापप्रति पिताजी पनि निकै प्रशंसा गर्नुहुन्थ्यो । बरू पछिल्ला जीवनमा अनेक क्रियाशील जीवनमा त्यति समय दिएर पूजा पाठ गर्ने अवस्था थिएन । अहिले जीवनको निवृत्त अवस्थामा विभिन्न ठाउँबाट लेख लेख्न आएको आग्रहलाई टार्न नसक्दा व्यस्थ जीवन नै छ ।

कतिपय लेखमा अध्यात्मिक पक्षलाई पनि अँगाल्ने गरेको छु । बिहान ४ः३० बजेदेखि उठी झण्डै दुई घण्टा योगमा बस्दा आफ्नो गायत्री मन्त्रदेखि विभिन्न योग अभ्यासमा समय व्यतीत गर्दछु । बरु मेरी श्रीमती सविता हरेक दिन आफ्नो नित्य पूजा पाठ र साँझ आरति गर्छिन् । यी पनि जीवनका सुखद क्षणका रूपमै प्रस्तुत भइरहेका छन् । हामी मानिस झट्ट हेर्दा र बुझ्दा असान्दर्भिक लाग्ने अवचेतनाका ससना उत्प्रेरणाबाट प्रभावित हुँदै आफ्ना व्यवहारमा निर्णय गरिरहेका हुन्छौँ । ती प्रेरक तत्वबारे हामी स्वयम् अनभिज्ञ छौँ ।

अलि टाढा डडाल्ली खोलामाथिको मुहानदेखि कुलो खनेर हाम्रा खेतसम्म पानी पटाउने चलन थियो । पानी नपर्दा मुहानमा सानु खोला थियो । वर्षाद् ठूला हुनासाथ मुहानदेखिको पानी छोपेर त्यस पानीको भललाई हाम्रा फाँटमा लगाउने गथ्र्यौं ।

यसैले हामी विभिन्न सन्दर्भमा एक वा अर्को खाले आचरणको अनुशरण गरिरहेका हुन्छौँ भन्नुको पछाडि अवचेतनको पृष्ठभूमिले गरेको कामको पत्तो हामीलाई हँुदैन । यसमा रोचक तत्व के हो भने बाहिरी ब्रहृमाण्ड त यति अपरम्पार छ यसलाई कति पनि मानिसले पत्ता लगाउन सकेका छैनन् । यो लोक, परलोक, ब्रहृमाण्ड, ईश्वर, स्तुति, पाठपूजा आदि त धर्मशास्त्रदेखि मानवशास्त्रसम्मको मूयांकनका पाटामात्र हुन् । आज मानव जातिले भयंकर प्रगति गरेको अवस्थामा आँखाले नदेखिने भाइरसले एक अर्काबाट भाग्नुपर्ने बनायो । मानिसले मुख छोपेर हिँडनुपर्ने अहिले पनि बनाएको छ ।

आखिर हामी सबै कहीँबाट चलाइएका कुनै सर्वशक्तिमान तत्व परमात्मा वा ईश्वरको अस्तित्वलाई स्वीकार्नु नै हाम्रो नियति बनेको छ । त्यही प्रतिफलका रूपमा हामी ईश्वरप्रतिको आस्था, भक्ति, पूजा पाठ, ध्यान योग गर्दै आएका हौँ । हाम्रा पुर्खाले त्यही गरे हामी त्यही पदचाप गर्दै आएका नै छौँ । यही बुझ्न र बुझाउन धेरै गाह्रो नपर्ला मलाई यिनै आफ्ना अग्रजको प्रभाव र प्रेरणाले बाल्यकालदेखि नै पूजा, पाठ, ध्यान आरतिमा केन्द्रित गराएको हुनुपर्दछ । यसले जीवनमा शान्ति र सन्तोष दिलाउँछ ।
यही परम्परा र संस्कृतिको जगेर्ना गर्न मेरा पिताजी र उहाँका दाजुहरूले गाउँको धारा निर्माण र पाटी भवन निर्माण गर्दै आउनु भएको रहेछ । कृष्ण मन्दिर र देवालय निर्माणमा धेरै अग्रसर हुनुहुन्थ्यो । मेरो गाउँमा गौतमहरूको ठूलो बस्ती छ । ती सबै एउटै पुर्खाका सन्तान हुन् । यहाँ परम्परादेखि नै आपसी सद्भाव छ सौहार्दता छ । सबैमा सहअस्तित्वको भाव छ । सुखदुःखमा साथ सहयोग दिने बानी छ । यही हाम्रो गाउँ आफ्नै मौलिक संस्कृतिको धरातलमा उभिएर जीवनमा अनेक उतारचढाव पार गर्दै आएका अनेक जीवन छन् ।

यही जीवन बीचमा घरमाथिको पाखा बाटोमा एउटा पिपलको रूख अनि नजिकैमा खरीको रूख बढो शान्त भएर उभिरहेको थियो । मैले जानेदेखि यी दुई रूखहरूले त्यही उभिएर बढो शान्त शीतल छहारी दिइरहेका थिए । मेरो इतिहासका पानामा हुर्की बढेका यी रूखहरूप्रतिको मोहसँगै रातमा कुकुरको भुकाइ र जूनको सौन्दर्यमा डुलेका क्षणहरू हृदयको सोकेषमा सजिएर बसेका छन् । कहीँ जाँदा हिँड्दा बाटामा देखे भेटेका रूखले तिनै मेरा घरमाथि पाखाका पाखा बाटाको पिपल र खरीको रूखको सम्झना दिलाउँछन् ।

मानिसभन्दा लामो अवधिसम्म बाँच्ने सजीव प्राणीका रूखमा रहेका मेरा घरमाथि पाखाका दुई रूख आज म पाउँदिन । ती रूखहरूले हाम्रो हरेक चालढाल देखेका थिए । हरेक कृष्ण अष्टमी नजिकको कृष्ण मन्दिरको पूजा अनि दशैँ तिहारमा पिपलका हाँगालाई गरालो बनाएर हालिएको पीङमा च च हुँइ गर्दै मैले मभन्दा माथिका पुस्ताले मञ्चाएर खेलेका पिङका कथालगायत अनेकन हाम्रा बस्तीका सभ्यताका उत्तारचढाव निहालिरहेका मेरा प्यारा पिपल र खरीको रूख आज त्यहाँ छैनन् । पृथ्वीमा सबैभन्दा लामो अवधिसम्म जिउने सजीव भएर पनि आज यी मरेका हुन वा मारिएका हुन मेरा मनको सोकेषको खोजको विषय बनेको छ ।

जीवन विज्ञानले पनि अहिलेसम्म मानिस जातिकै विषयमा बुझ्न नसकेको अवस्थामा सजीव प्राणी रूखका बारेमा घोत्लिनुको पो के अर्थ होला । म आफ्नो सन्दर्भबाहिर नगई विषय वस्तु पस्कनेतर्फ नै लाग्दछु । गाउँमा खेत धेरै भएका र त्यसैमा हामी सबै आश्रित थियौँ । खेतको महŒव बढी थियो । पाखो बारीमा मकै खेतभन्दा कम फल्थ्यो । असारमा धान रोप्ने काम हुन्थ्यो । मंसिरमा धान काट्ने गर्दथिए । मकै चैतमा रोप्ने भदौमा मकै भाँच्नेका हुन्थ्यो । धान बढ्ता फल्ने हुनाले असारको महत्वबढी थियो । हाम्रा खेतमा वर्षाको भेल छोपेर रोप्ने चलन थियो ।

बेलाबेलामा बिफर, दादुरा, आँखा पाक्ने रोग, झाडापाखाल र रगतमासी पर्ने जस्ता धेरै प्रकोपले दुःख दिन्थे र कैयौैंको ज्यानसमेत जाने गथ्र्यो । त्यस बेला झाडापखाला लाग्दा पानी खान दिनु हँुदैन, यसले झनै पखाला लाग्छ भन्थे । यस्ता किसिमका अज्ञानले हाम्रो समाज पीडित थियो ।

अलि टाढा डडाल्ली खोलामाथिको मुहानदेखि कुलो खनेर हाम्रा खेतसम्म पानी पटाउने चलन थियो । पानी नपर्दा मुहानमा सानु खोला थियो । वर्षाद् ठूला हुनासाथ मुहानदेखिको पानी छोपेर त्यस पानीको भललाई हाम्रा फाँटमा लगाउने गथ्र्यांै । राति पानी परेमा लालटिन बालेर माथि जंगलस्थित पानीको मुहानमा पुगी ठाउँ ठाउँको भल कुलोमा लगाउँदै खेतमा लगाउँयौँ । म सानु भएता पनि साथीका रूपमा दाइहरूले साथमा लग्ने गर्नुहुन्थ्यो । आफूले रातमा छोपेर ल्याएको पानी बीचमै अरूले लगाउँदा हानथाप हुने गर्दथ्यो तर कसैले अन्याय गरेको जस्तो लागे म बाझ्थेँ ।

मभन्दा ठूला मान्छे भए पनि रिस उठेपछि पछारिदिन्थे । यो मेरो ८-१० वर्षदेखिकै दिनचर्या बन्दै गयो । यही उमेरमा पनि म एक्लै कुलो छोप्न जान्थ्ये । आमा पछि-पछि कराउँदै फर्काउन आउनुहुन्थ्यो । अनि पानी आए पनि हल्ला नगरी दाजुहरू खेतमा पानी लगाउनु जानुहुन्थ्यो । मलाई आमाले आफूसँगै सुताउन हुन्थ्यो । यसरी म रोकिन्थ्ये । खेतमा पानी भरिएपछि टाढादेखिका रोपार र बाउसे देख्दा रमाइलो लाग्थ्यो । बाउसे रोपारको असारे गीतको दोहरी चल्थ्यो । त्यो क्षण बहुत रमाइलो लाग्थ्यो । हामी पनि धानका बिउ काढेपछि धेरै रोपारहरूका पछाडि धानको बिउ फालिदिन्थ्यौँ । रोपार र लाठेले हामी केटाकेटीलाई जिस्काउने हिलो छ्यापिदिने घटनाले अरू झनै रमाइलो हुन्थ्यो ।

काम गर्नेलाई चिउरा र अचार दिने चलन थियो । रोपारलाई एक माना चिउरा र लाठेलाई दुइमाना चिउरा दिने चलन थियो । खाजा खान आमाले घरमा बोलाउन हुन्थ्यो । हामी चाहिँ त्यहीँ खेतालाहरू बीचमै बसेर खान रुचाउँथ्यौँ । उनीहरूले गाएको असारे गीत र हिलो छ्यापाछ्यापको दृश्य चाहिँ आँखाको नानीमा सल्बलाइरहेको आभास मिल्छ । मंसिरमा धान काटेपछि गाउँका सबै आँगनमा बिस्कुन हुन्छ । रातमा सबै गाउँका पिँढी वा फलैँचामा रातभर त्यहीँ सुतेर धान कु्र्ने चलन थियो ।
हाम्रो बाहिर पिँढीमा फलैँचा थियो । त्यहीँ पराल र कपडाले चारैतिर छेकेर ओछ्यान बिच्छाएर सुत्ने चलन थियो । मंसिर जाडो याम भएकाले जाडोबाट बच्न चारैतिर घेर्ने र चिसो पस्न नदिने गर्थे । गाउँमा सबैका घरमा यसै गरी बाहिर सुत्ने काम ठिटौला केटाहरूकै हुन्थ्यो । म अलि सानु भएकाले आमा बाहिर सुत्न जानबाट रोक्नुहुन्थ्यो तर त्यहाँ दाजुहरूमा गफ र वरपर दाजुहरूका छिमेकी सबै केही बेर बोलाएर गफ गर्थे । रमाइलै हुन्थ्यो तर मलाई यसबाट वञ्छित गराइन्थ्यो ।

गाउँघरमा शारीरिक परिश्रम र स्वच्छ हावापानी भएकाले कमै बिरामी पर्ने भए तापनि बेलाबेलामा बिफर, दादुरा, आँखा पाक्ने रोग, झाडापाखाल र रगतमासी पर्ने जस्ता धेरै प्रकोपले दुःख दिन्थे र कैयौैंको ज्यानसमेत जाने गएको थियो । त्यस बेला झाडापखाला लाग्दा पानी खान दिनु हँुदैन, यसले झनै पखाला लाग्छ भन्थे । यस्ता किसिमका अज्ञानले हाम्रो समाज पीडित थियो ।

त्यति बेला काठमाडांै शहरमै डाक्टर मुस्किलले पाइन्थ्यो । एकजना डा.होलडर नामका मानिसको नाम हाम्रो गाउँसम्म चर्चामा थियो तर मेरो गाउँमा आएर डाक्टर कविराज बैद्य बिरामीको उपचार गर्ने कार्य सम्भवै थिएन । केही धाँमी, झाँक्री लगाउने चलन थियो । कोही कोही आयुर्वेद र जडिबुटीका सामान्य औषधि गर्न जान्नेसम्म थिए । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?