प्रचण्ड परिवारसहित सुकुटेमा

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुग्नुभएको छ ।
परिवारका सदस्यसहित माओवादीका नेता लिएर प्रचण्ड सुकुटे पुग्नुएको हो। राजनीतिक तनावपछि रिफ्रेस हुन सु्कुटे पुग्ने गर्नुभएको प्रचण्ड अहिले निर्वाचनलगत्तै सुकुटे पुग्नुभएको छ ।

प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्‍याफ्टिङ गर्नुभएको छ । प्रचण्ड बुधबारको बास सुकुटेमै बिताउने हुनु भएको छ । छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, पूर्वसभामुख अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहनुभएको छ ।

साथै हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित हुनु भएका माधव सापकोटा, प्रदेशसभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?