जुम्लाको विकास र सुशासन नवनिर्वाचित सांसद्हरुको पहिलो प्राथमिकता

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्लाका नवनिर्वाचित सांसद्हरुले जुम्लाको विकासका लागि आफ्नो पहिलो प्रथामिकता रहेको बताएका छन् । नवचिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही (ज्ञान बहादुर शाही) ले जिल्लाको विकासका र सुशासन कायम गर्नेका लागि सांसद्मा खुल्ने भुमिका आफ्नो महत्वपूर्ण हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले बुधबार गरेको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा प्रतिनिधिसभा सांसद शाहीले भन्नुभयो,“देश भ्रष्टाचारले विग्रेको छ । भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिरो एजेन्डा रहेको छ । सडक, विजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिएर काम गरिने सांसद् शाहीले बताउनुभयो । ”

डोजर आतंकले बाढीपहिरोको जोखिम बढाएको छ । अनाश्वक सडक काटिएका छन् । अहिले सडकमा सवारी साधन नै सञ्चानमा छैनन् । यस्ता विकृतिलाई रोक्ने सबै निकाय एकजुट भएर काम गरेमात्र समस्या समाधान हुने संघीय सभाका सांसद् शाहीको भनाइ रहेको छ । हालै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, प्रदेश सभा सांसद द्धोय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेशसभा क्षेत्र नं. १ (क) सांसद देवेन्द्रबहादुर शाहीले काँग्रेस पार्टीले अन्याय गरेपनि मतदाताले न्याय गरेर प्रदेशसभामा निर्वाचित गरेर पठाएकाछन् । पार्टी अन्याय गरेकै कारण स्वतन्त्र उम्मेदवारी दिनु प¥यो प्रदेशसभा सांसद् शाहीले भन्नुभयो,“अहिले जुम्लाबाट प्रतिनिधि र प्रदेश सभा गरी हामी तीन जना सांसद निर्वाचित भएका छौँ । हामी एक आपसमा समन्वय र सहकार्य गरेरै जुम्लाको विकासका लागि काम गर्ने छौँ । स्थानीय स्तरबाट योजना बनाएर कार्यन्वयन गर्ने छौँ । राजनीतिकलाई पेशा व्यवसाय नबनाएर सेवाका हिसावले काम गर्दै नागरिकका समस्यालाई ध्यानमा राखेर प्रथामिकरणका आधारमा अगाडी बढ्ने सासंद शाहीले बताउनुभयो । ” कृषि क्षेत्रको विकासमा विशेष जोड दिने छौँ । कृषि क्षेत्रमा उत्पादन, भण्डारण र बजारकरणलाई प्रथामिकता दिने छौँ । देश संघीय संरचनामा छ । केन्द्र, प्रदेश र स्थानीय तह गरेर तीन तहका सरकार छन् । आ–आफ्ना क्षेत्रगत तहका योजनामा काम गर्ने छौँ । साना साना कनिका छराई बजेट र योजना बनाउने छैनौँ । ठुला आयोजना निर्माणका विशेष प्रथामिकता दिने प्रदेशसभा सासंद् शाहीको भनाइ रहेको छ ।

प्रदेशसभा क्षेत्र नं. २ (ख) का नवचिर्वाचत सांसद टेकराज पछाईले जुम्लालाई समृद्ध बनाउने मेरो योजना रहेको छ । प्रदेश (ख) तर्फ जुम्लामा चारवटा गाउँपालिका छन् । यिनै पालिका मध्ये सवै भन्दा पछि परेको कनकासुन्दरी गाउँपालिको बुम्रमाडीचौर क्षेत्र र तिला गाउँपालिकाको राँसा मालापानी, घोडेमहादेव क्षेत्र पछाडी परेका छन् । बजेट र योजनामा यिनै क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर काम गरिने सासंद् पछाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सिंजा उपत्यका र त्यो क्षेत्र हुदै नाग्म गमगढी सडकको स्तरबृद्धिका लागि बजेट व्यवस्थानमा जोड दिनुका साथै प्रदेश सभामा आवज उठाउने सासंद् पछाईले बताउनुभयो । ”

पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रसंस गर्नेदेखी पत्रकारिता क्षेत्रमा पछिल्लो समय स्टीन्जर प्रथा बढेको छ । यसलाई निरुत्साहित गर्नुपर्ने देखिएको छ । स्थानीय स्तरका विज्ञान पनि केन्द्रका मिडिया हाउसले प्रकाशन गर्ने गरेका छन् । यो नीतिगत रुपमा त्रृटि छ । यस्ता नीतिगत त्रृटिलाई सच्चाउनका लागि संसादमा आवाज उठाईदिन नवनिर्वाचित सांसदलाई आग्रह गरेको पत्रकार महासंघ जुम्लाका अध्यक्ष शाहीले बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?