सुदूरपश्चिम यू-१९ क्रिकेटको फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सुदूरले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । जितको लागि १२३ रनको लक्ष्य पछ्याएको सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । सुदूरको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । ओपनर दीपक बोहरा २४ बलमा ६ चौकासहित २४ रनमा आउट हुनुभयो ।

गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४, सुनिल चन्द १७ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाउँनुभयो । मधेशका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिनुभयो । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३८.१ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो । मधेशका अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित ३२, मयन यादवले २३ तथा इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रन बनाउनुभयो ।

सुदूरका नरेन साउदले ९.१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिनुभयो । युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिनुभयो । हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिनुभयो । सुदूरले अन्तिम खेलमा शुक्रबार बागमतीसँग खेल्नेछ । उक्त खेलमा पराजित हुँदा पनि फाइनलमा पुग्न सक्छ । लुम्बिनी र बागमतीबीचको खेल मूलपानीमा छ ।

सुदूर पाँच खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । बागमती चार खेलमा आठ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी तीन खेलमा चार अंकका साथ तेस्रो स्थानमा छ । अन्य चार प्रदेश भने बाहिरी सकेका छन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?