एक्सिसको ‘च्याङ्बा’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । सांगीतिक व्याण्ड एक्सिसले नयाँ गीत ‘च्याङ्बा’को भिडियो सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको व्याण्डले तेस्रो एल्बम ‘घर गाउँ’मा रहेको यो गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर व्याण्डको ओर्जिनल भर्सनको यो गीतलाई व्याण्डले नयाँ रूपमा श्रोता तथा दर्शकमाझ ल्याएको हो ।

गीतमा सन्दीप विश्वकर्माको स्वर छ । गीतको भिडियोमा नवाङ मोक्तान र अकेश ताम्राकारलाई फिचरिङ गरिएको छ । भिडियोमा बल्लु र उमंग शाहीको क्यामरा, सिद्धार्थ शाक्यको ड्रोन, बिजु बज्राचार्य र विकास खड्गीको सम्पादन तथा विकास खड्कीको भिएफएक्स तथा कलर ग्रेडिङ छ । भिडियो व्याण्डले आफ्नो युट्युब च्यानल एक्सिस अफिसियलमार्फत सार्वजनिक गरेको हो ।

विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एजभन्दा पहिलो स्थानमा एक्सिस छ । व्याण्डले ‘अधुरो प्रेम(२००३)’, ‘मलाई माफ गरी देऊ (२००९)’ र ‘घर गाउँ (२०१७)’ तीन एल्बम बजारमा ल्याइसकेको छ । व्याण्डमा सन्दीपसहित लिड गीतारमा बिर्जु कर्माचार्य, गीतारमा विक्रम मानन्धर, बेस गीटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?