परिजिता अमेरिकी द भ्वाइसको सेमिफाइनलमा

Read Time = 2 mins

काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी चर्चित रियालिटी गायन शो द भ्वाइसको सेमिफाइनलमा पुग्नुभएको छ । उहाँ टप टेनबाट अगाडि बढ्दै सेमिफाइनलमा पुग्नुभएको हो । सेमिफाइनलमा उत्कृष्ट आठका बीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २९ भएको घोषणामा दुईजना बाहिरिएका छन् ।

मंगलबार साँझ हलिउडस्थित युनिभर्सल स्टुडियोमा प्रतिस्पर्धाका सहभागी हुँदै परिजिताले एलिसिया काराको ‘स्कार्स टु योर व्युटिफुल’ शीर्षकको गीत गाउनुभएको थियो । उहाँको प्रस्तुतिमा अंग्रेजी गीतको चर्चित गायिका एलिसियाले परिजिताको पोष्टमा नै कमेण्ट गरेर बधाई तथा शुभकामना सन्देशसमेत पठाउनु भएको थियो । उहाँले परिजिताको आवाजको प्रशंसा गर्दै सुन्दर आवाज भन्दै आफूलाई गर्व लागेको पनि उल्लेख गर्नुभएको छ । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुनुहुन्छ ।

अमेरिका र संसारभर भएका नेपाली र नेपालीभाषी समुदायले परिजितालाई भोट गर्नका लागि अभियान चलाएका छन् । एक पछि अर्को चरणमा परिजिताले अद्वितीय प्रस्तुति दिँदै आउनुभएको छ । १७ वर्षीया पारिजिता अमेरिकी भ्वाइसमा पुगेपछि उहाँको चर्चा बढिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?