सेयर बजारमा सामान्य गिरावट

Read Time = 3 mins

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार ३.५१ अंकले घटेर समग्र बजार परिसूचक १९४९.८५ मा झरेको छ । ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले घटेर ३८१.८४ मा झरेको छ । यस दिन ८४ करोड २६ लाख ९५ हजार दुई सय दुई रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार दुई अर्ब दुई करोड, सोमबार एक अर्ब ४९ करोडभन्दा बढी र मंगलबार ९५ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बुधबार दुई सय ३८ कम्पनीका २३ लाख ५५ हजार आठ सय ४५ कित्ता सेयर कारोबार भएका छन् । कारोबार भएका १३ समूहगत सूचकमध्ये व्यापार र लघुवित्तबाहेक सबै ११ वटै सूचक घटेको छ । फाइनान्स सर्वाधिक १.०९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सर्वाधिक हिमालयन डिष्टिलरीको चार करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नबिल बैंक चार १५ लाख, नेष्डो समृद्ध लघुवित्त तीन करोड ८३ लाख, शिवम् सिमेन्ट तीन करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक दुई करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

घलेम्दी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.१७ प्रतिशतले बढेर दुई सय ५० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको चार, रुरु जलविद्युत् आयोजना ३.३१, बुद्धभूमि हाइड्रोपावर २.८४ र श्वेतगंगा हाइड्रोपावरको २.७२ प्रतिशतले बढेको छ ।

लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य ५.७६, वीन लघुवित्त ४.४०, गुहृयेश्वरी मर्चेन्ट ३.२७, आरबिबी म्युचुअल फण्डको इकाईमूल्य ३.२५ र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य २.९४ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?