रियलमीका विजेता पुरस्कृत

Read Time = 2 mins

काठमाडौं । उत्सवको बहार, हरेक दिन उपहार क्याम्पेनका विजेतालाई रियलमीले पुरस्कार प्रदान गरेको छ । असोज १० देखि कात्तिक १४ गतेसम्म सञ्चालन भएको क्याम्पेनका विजेतालाई मंसिर ११ गते पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । जसअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टिभी र बागलुङका पूर्णबहादुर मल्ल (अलिशा मोबाइल सेन्टर) ले सात केजीको वासिङ मेसिन जितेका छन् । सामाखुशीका सुजन बस्नेत (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९४ जी (८/१२८ जिबी) जित्न सफल हुनुभएको छ ।

कम्पनीले चाडबाडको समयमा आफ्ना उपभोक्तालाई स्मार्टफोन, टिभी, वासिङ मेसिनलगायतका विभिन्न उपहार प्रदान गर्ने अफर ल्याएको थियो । अफरमा डेली प्राइजअन्तर्गत कोनका मिक्चर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर, रियलमी सी ३० (२३२ जिबी) लगायतका उपहार रहेका थिए । सो अवसरमा रियलमी नेपालका कन्ट्री हेड मुनिस गिरीले भन्नुभयो, ‘हामी सधंै हाम्रा उपभोक्ताका लागि सुपथ मूल्य र सही समयमा नवीनतम प्रविधि प्रदान गर्न तत्पर छौँ । यसै कारणले गर्दा हामीलाई हाम्रा उपभोक्ताले सदैव माया गरिरहनुभएको छ, साथ दिनुभएको छ । तपाईंहरूको यो माया र विश्वासप्रति हामी सदैव आभारी छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?