प्रभु बैंक र युएसआइडीबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । प्रभु बैंक र युएसआइडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच व्यापार र प्रतिस्पर्धात्मकताअन्र्तगतको सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा युएसआइडी व्यापार तथा प्रतिस्पर्धा आयोजनाका प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई कोरोना महामारीपछि सुधार गर्दै दिगोरूपमा लघु, साना र मध्यम आकारका उद्यमका लागि वित्तीय उत्पादन र सेवामा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछि परेकाका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रमा काम गर्ने साझा लक्ष्य रहेको बैंकले जनाएको छ ।

लक्ष्य हासिल गर्न युएसआइडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीको सीप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन तथा नयाँ-नयाँ विधि, प्रविधि, स्रोत तथा साधन प्रयोग गर्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?