मेक्सिको विश्वकपबाट बाहिरियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरे पनि दोहामा नाटकीय समीकरण बन्दा गोलअन्तरका आधारमा पछि रहँदै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

लुसाइल स्टेडियममा आज बिहान मेक्सिकोले साउदी अरेबियालाई २-१ गोल अन्तरले हराएको हो । खेलको ४७ औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५२ औं मिनेटमा लुईस चाभेजले गोल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरेपनि मेक्सिको २-१ ले विजयी भयो ।

समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले स्टेडियन ९७४ मा पोल्याण्डलाई २-० ले हरायो । लुसेल रंगशालामा मेक्सिको पनि २-० गोलले नै अगाडि थियो । त्यति बेलासम्म समान अंक र गोलअन्तर भए पनि फिफा फेयर प्लेको नियमका आधारमा पछाडि नै थियो । त्यसैले मेक्सिलोलाई थप एक गोलको आवश्यकता थियो ।

तर, साउदीका लागि सलिम अल दावसारीले सोही समयमा एक गोल फर्काए र स्तब्ध मेक्सिको पक्षलाई घर पठाइदिए । यो नतिजाले पोल्याण्डलाई खुसी दियो ।

समूह ‘सी’ को मेक्सिकोले ३ खेलमा ४ अंक जोड्यो । मेक्सिको तेस्रो स्थानमा रह्यो । साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?