दक्षिण अफ्रिकाका राष्ट्रपतिमाथि महाअभियोग लाग्न सक्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ‘फार्मगेट’ काण्डमा सम्भावित महाभियोगको चेतावनी सामना गरिरहेका छन् ।

राष्ट्रपतिलाई २०२० मा आफ्नो फार्ममा ४० लाख डलर लुकाएको आरोप लगाइएको छ । सोही विषयमा अपहरण र चोरहरूलाई घुस दिएको पनि उनीमाथि आरोप छ ।

रामाफोसाले पदको दुरुपयोग गरेको र भ्रष्टाचार विरोधी कानुन तोडेको हुनसक्ने स्वतन्त्र प्यानलको एउटा चुहावट भएको रिपोर्टले पत्ता लगाएको छ ।

उनले गल्तीलाई अस्वीकार गर्दै भैंसी बेचेर पैसा आएको बताएका छन् ।

प्यानलको निष्कर्षहरू संसदमा हस्तान्तरण गरिएको छ,। संसदले प्यानलको रिपोर्ट जाँच गर्न र अर्को हप्ता महाभियोग प्रक्रिया सुरु गर्ने वा नगर्ने निर्णय गर्न तय भएको छ ।

रामाफोसा सन् २०२४ मा आफ्नो पार्टी अफ्रिकन नेसनल कंग्रेस ९एएनसी० बाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुन सक्छन् वा सक्दैनन भन्ने निर्णय गर्ने सम्मेलन आउन एक महिनाभन्दा कम समय बाँकी छ।

एएनसीले बिहीबार आफ्नो कार्यकारिणीसँग बैठक गर्ने, जहाँ यो मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। एएनसी कार्यकारिणीको आज बिहीबार हुने बैठकमा यस मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?