स्याङ्जा-२ धनराज गुरुङको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौैं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम राख्नुभएको छ। उहाँले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याउनु भएको छ ।

एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गर्नुभएको छ ।

४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन । बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएको हो । स्याङ्जा २ मा ७० हजार मत खसेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?