स्याङ्जा । स्याङ्जा जिल्लाको क्षेत्र नं २ मा नेपाली काङ्ग्रेसका उपसभापति तथा काङ्ग्रेसका प्रतिनिधि सभा उम्मेदवार धनराज गुरुङले निरन्तर अग्रता लिनुभएको छ ।
हालसम्म गल्याङ ६ र ७, भीरकोट ५,६,७,८ र ९ तथा वालिङ १,२,५,६, ७ र ८ को गणना सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वालिङ ८ सम्म गणना हुँदा धनराज गुरुङले ८ हजार ८ सय ९९ मत र नेकपा एमालेकी उम्मेदवार तथा केन्द्रीय सचिव पद्मा अर्यालले ६ हजार ३ सय ८९ मत प्राप्त गर्नुभएको छ ।
वडा नम्वर ८ मा धनराजले ९९२ मत प्राप्त गर्नुभएको छ भने अर्यालले ५२६ मत प्राप्त गर्नुभएको छ । रास्वपाका टिकराज गुरुङले वडा नं ८ मा एमालेकी पद्मा अर्यालको भन्दा बढी मत ल्याउनुभएको छ । उहाँले ५९४ मत प्राप्त गर्नुभएको छ ।
अहिले सम्मको समग्र विवरणमा धनराज गुरुङले ८८९९ र पद्मा अर्यालले ६३८९ मत प्राप्त गर्नुभएको छ । गुरुङले अर्यालका भन्दा २५१० मत बढी ल्याएर अग्रता लिइराख्नुभएको छ । रास्वपाका टिकराज गुरुङले २८८२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेकी पद्मा अर्यालले आफ्नै वडामा समेत पराजय बेहोर्नुभएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ प्रदेश सभा क मा काङ्ग्रेसकै भोजराज अर्यालले अग्रता लिनुभएको छ । उहाँले १० हजार २४ मत प्राप्त गर्नुभएको छ भने एमालेका मोहन रेग्मीले ७ हजार २ सय ८६ मत प्राप्त गर्नुभएको छ । उहाँहरुका बिचमा २७३८ मतान्तर छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका