-निरोज कोइराला
भोजपुर । मंसिर चार गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभामा गठवन्धन दलसँग पराजित भएको नेकपा (एमाले) भोजपुरले समानुपातिक तर्फ भने पहिलो मत प्राप्त गरेको छ ।
प्रत्यक्ष तर्फ पराजित भए पनि समानुपातिक तर्फ बढी मत ल्याउँदै जिल्लामा एमाले पहिलो बनेको हो । एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल २२ हजार ९ सय २५ मत र प्रदेशसभाको समानुपातिकतर्फ २२ हजार ६ सय ९५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । दुवै तर्फको समानुपातिकमा गठवन्धनको दल नेपाली कांग्रेस दोस्रो र नेकपा ( माओवादी केन्द्र) तेस्रो दल बन्न पुगेको छ ।
प्रतिनिधिसभा तर्फ कांग्रेसले कूल १४ हजार ७ सय ६४ मत र माओवादीले कूल १२ हजार ७ सय ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ । प्रदेशसभा तर्फ भने कांग्रेसले कूल १३ हजार ८ सय २७ मत र माओवादीले १३ हजार ४ सय ५३ मत ल्याएको छ ।
प्रतिनिधीसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फ गठवन्धन दललाई मत हालेका मतदाताले समानुपातिक तर्फ भने एमालेलाई बढी मत हालेका हुन ।
प्रतिनिधीसभाको प्रत्यक्ष तर्फ भने एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै गठवन्धन दल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराती विजयी हुुनुभएको थिाये । प्रदेशसभा १ मा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हरिबहादुर राईलाई पराजित गर्दे प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेश २ मा एमालेका प्रदेश कमिटि सदस्य खडगबहादुर कार्कीलाई हराउँदै कांग्रेसका जिल्ला सभापति बिनोद बान्तवा बिजयी हुनु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका