पूर्वी नवलपरासीमा भीरबाट जिप खस्दा तीन जनाको मृत्यु, सात जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका(५ कान्छीपानीमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । उनीहरू सनाखत हुन बाँकी छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?