निम अवार्ड छैटौं संस्करण का लागि आवेदव आह्वान

Read Time = 3 mins

काठमाडौं । निम अवार्डको छैटौं संस्करणको आवेदन खुला गरिएको छ । समावेशी म्युजिक अवार्डअन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभयो । यो अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुला गरिएको जोशीले बताउनुभयो ।

अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीतसंगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत संख्याका भाषाभाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रूपमा लिने गरिन्छ ।

नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतलाई कार्यक्रममा सहभागी गर्दै आइरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बू, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरू अवार्डमा सहभागी हुँदै आएका छन् भने यसवर्ष पनि ती भाषा तथा भाकाका गीतसंगीतलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ । अंग्रेजी क्यालेन्डर अनुसार २०२२ जनवरी १ देखि २०२२ डिसेम्बर ३० सम्म (१ वर्षभित्रमा) बजारमा आएका गीत तथा भिडियोलाई समावेश गरिने कार्यक्रमका निर्देशक राजन थापाले बताउनुभयो ।

एरा प्रोडक्सन प्रा.लि.को व्यवस्थापनमा सम्पन्न हुने निम अवार्डको फारमहरू आयोजक संस्थाको कार्यलयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाइन पे को अनलाइनमार्फत पनि भर्न सकिनेछ । गीतहरू दर्ता गर्न आवेदनको अन्तिम मिति पुस २५ गतेसम्मको लागि तोकिएको आयोजक समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?