बिवाइडीको साउथ एशिया रिजनल मिट

Read Time = 3 mins

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यु इनर्जी भेहिकल उत्पादक कम्पनी बिवाइडीको ‘साउथ एशिया रिजनल मिट’ नेपालमा सम्पन्न भएको छ । नोभेम्बर २४ मा सम्पन्न कार्यक्रममा बिवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधि, बिवाइडी इण्डिया र नेपालको आधिकारिक वितरक साइमेक्स इंकको सहभागिता थियो । विश्वमा इभीप्रति आकर्षण बढ्दै गएसँगै दक्षिण एशियाका देशमा पनि इभीको उपभोग बढ्दो क्रममा रहेको छ । इभीको बजार लिड गर्ने उद्देश्यका साथ गत छ महिनामा नेपाल र इण्डियामा बिवाइडीका शोरुम, वर्कसप, चार्जिङ स्टेशनजस्ता आवश्यक पूर्वाधार तीव्र गतिमा विस्तार भइरहेका छन् ।

काठमाडौंमा भएको दक्षिण एशियाली डिलरको सम्मेलनमा बिवाइडीको साउथ एशिया हेर्ने डेपुटी जनरल मेनेजर केत्सु जाङले कम्पनीका योजना र विश्वभर बिवाइडीको बिक्रीको अवस्थाबारे चर्चा गर्नुभएको थियो । बिवाइडीको न्यु इनर्जी भेहिकलको बिक्री संख्या ३० लाख पुगेको भन्दै उहाँले भन्नुभयो, ‘बिवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनीबीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारी प्रयोगमा नयाँ आयाम थप्नेछ ।’

साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी इभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्व गरिरहेको भन्ने जानकारी दिनुभयो । श्रेष्ठका अनुसार नेपालमा नयाँ रजिस्टर हुने सवारीमध्ये १० प्रतिशतभन्दा बढी इभीको संख्या पुगेको छ । बिवाइडीको यो नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट टेक्नोलोजी’ का कारण इभीको प्रयोग बढ्दै गएको हो । बिवाइडी भारतका दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बैंग्लोर, आन्द्र प्रदेश, कर्नाटकलगायत १३ शहरका डिलर ग्रुपको सहभागिता रहेको कार्यक्रममा भारतका सहभागीहरूले सार्वजनिक भएको एक महिनामै छ सय इभी सिक्स र एक हजार पाँच सय एटो ३ बुकिङ भएको जानकारी दिएका थिए । साइमेक्स इंक नेपालका लागि बिवाइडी अटो इन्डष्ट्रीको एकमात्र आधिकारिक वितरक हो । साइमेक्सले हालैमात्र नक्सालमा स्टेट अफ आर्ट शोरुम सञ्चालनका साथै बिवाइडीको पहिलो एसयुभी एटो ३ समेत लन्च गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?