सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता, विगतका सहमति कार्यान्वयनको समीक्षा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ । गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्तामा यसअघि दुई पक्षबीच भएका सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, निवर्तमान कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी हुनुहुन्थ्यो ।

वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाँडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको बताइएको छ । नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक रूपमा टुंग्याउने सहमति जनाएको थियो । त्यही निर्णय कति कार्यान्वयन भयो ? र आगामी दिनमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्थाबारे छलफल भएको बताइएको छ ।

सरकारका तर्फबाट गृहमन्त्री खाँणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सरकारका तर्फबाट गृहमन्त्री खाँणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौँ,’ उहाँले भन्नुभयो, ‘केही प्रशासनिक रूपबाट हुने निर्णय भइसकेका छन् । अदालती प्रक्रियामा गएका मुद्दाबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ । निर्णयानुसार कार्यान्वयन हुन्छ ।’

‘निर्वाचनमा ज्यान गुमाउनेका परिवारलाई राज्यले हेर्छ’
गृहमन्त्री बालकृष्ण खाँणले मंसिर ४ को निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै धन्यवाद दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधनका क्रममा उहाँले धन्यवाद दिनुभएको हो । उहाँले नेपाली दाजुभाइ दिदी बहिनीको योगदानले निर्वानचन अभूतपूर्व सफल भएको जिकिर गर्नुभयो । ‘नेपाली दाजुभाइ दिदी बहिनीको अपूर्व योगदानले यो निर्वाचन सकिएको छ । म केन्द्रीय सुरक्षा समितिको बैठकबाट धन्यवाद दिन्छु’, उहाँले भन्नुभयो, ‘यो निर्वाचनले संविधानलाई बल पु¥याएको छ । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । निर्वाचनमा भूमिका निर्वाह गर्नेहरूलाई धन्यवाद ∕’ उहाँले निर्वाचनका क्रममा केही नागरिकको ज्यान गएको बताउँदै तिनका परिवारको भरणपोषण राज्यले गर्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु । उनीहरूका परिवारका सदस्यको भरणपोषणको ग्यारेण्टी राज्यले गर्छ’, गृहमन्त्री खाँणले भन्नुभयो, ‘हामी अहिलेका कमी कमजोरी सच्याएर जानेछौँ ।’

मंसिर ४ को निर्वाचनका क्रममा बाजुरामा दुईजना युवाले ज्यान गुमाएका थिए । एकजनाको मतदान केन्द्रमै गोली लागेर ज्यान गएको थियो । अर्का युवा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताले घरबाट निकालेर हत्या गरेको आरोप लागेको छ । यो प्रकरणमा कांग्रेसबाट निर्वाचित एक वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?